काठमाडौं महानगर : उपमेयरमा एमालेकी सुनिता झण्डै तेब्बर मतले अगाडि

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन् । पछिल्लो परिणामअनुसार उनले ४४ हजार ७०५ मत पाएकी छन् । 

डंगोलका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ १५ हजार ६ सय ७० मतका साथ दोस्रो स्थानमा छन् । डंगोल श्रेष्ठभन्दा २९ हजार ३५ मतले अगाडि छिन् । 
 
त्यस्तै, उपमेयरमा राप्रपाका विनिता मगैयाले ७ हजार ९ सय ३३ मत प्राप्त गरेकी छन् । मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै छ । 
१ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा ४३ हजार ८ सय ५० मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छन् । 

उनी बालेनभन्दा १७ हजार ९१० मतले पछाडि छिन् । त्यस्तै, नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ८:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया