रूपन्देही मर्चवारीको अध्यक्ष/उपाध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको पार्टीका उम्मेदवार विजयी

रूपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिका अध्यक्षमा गयाप्रसाद बरई ४ हजार ३८५ मतका साथ निर्वाचित भएका हुन् । 
 
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रले ३ हजार २४५ मत ल्याए । उपाध्यक्षमा पनि जनता प्रगतिशीलका आशा सिंह निर्वाचित भइन् । उनी २ हजार ९६५ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।  

उनकी प्रतिस्पर्धी कांग्रेसका सुमन यादवले २४०९ मत ल्याइन् ।  





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १०:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया