भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै, सुवेदी साढे १० हजार मतले पछाडि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार मत कटाएकी छन् । १ लाख १२ हजार ६७६ मत गणना हुँदा रेनुले ४५ हजार ३८९ ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाका मेयर प्रत्यासी विजय सुवेदीले ३४ हजार ७३८ मत प्राप्त गरेका छन् । उनी दाहालभन्दा १० हजार ६५१ मतले पछाडि छन् ।  

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन् । उपमेयरमा कांग्रेस उम्मेदवार रहेका चित्रसेन अधिकारीले ४६ हजार ४७१ र राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन् ।

अहिले २५ र २६ वडाको मत गणना भइरहेको छ ।  





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १४:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया