बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँसँगै वडा अध्यक्ष, सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् ।
सोमबार बिहान मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेपछि पदभार ग्रहण गरिएको हो ।
सोमबार पदभार ग्रहणपछि मेयर मीना कुमारी लामाले अति विपन्न १ हजार ५ सय ४१ घर परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर पानी, २५ युनिट विजुली निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युतका पोलहरु सार्ने निर्णय पनि गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।