गाेकुल बाँस्काेटालाई नबाेलाइएपछि काभ्रेमा सपथ ग्रहण कार्यक्रममा एमाले जनप्रतिनिधिकाे बहिस्कार

काभ्रेको पनौती नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित पदाधिकारीले सपथग्रहण बहिष्कार गरेका छन् ।

एमाले नगर कमिटीले नगरसभामा बहुमत रहेको आफ्नो पार्टीसँग छलफल र सहमति नगरी सपथग्रहण समारोह राखिएको भन्दै आपत्ति जनाएको छ ।

‘नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले सपथग्रहण गर्ने सन्दर्भमा उपप्रमुखसहित नगरसभामा बहुमत रहेको पार्टी नेकपा एमालेसँग औपचारिक छलफल र सहमति नगरी कार्यक्रम आयोजना गरेको, उपप्रमुखलाई सपथ ग्रहणको केही समय अघि मात्र आमन्त्रण गरिएको तथा केही वडा अध्यक्षहरुलाई हाल सम्म पनि आमन्त्रण नगरिएको, सपथ ग्रहण समारोहमा वर्तमान संघीय तथा अन्य जनप्रतिनिधिहरुलाई आतिथ्यताको लागि आमन्त्रण नगरी भूतपूर्व जनप्रतिनिधिहरूलाई मात्र आमन्त्रण गरी जनमतलाई उपहास गर्ने तथा निष्पक्ष रही सहमति र सहकार्यको वातावरण बनाउनु पर्नेमा लोकतन्त्रको मर्म र भावनाविपरीत कुनै दल विशेषबाट मात्र निर्देशित हुने आयोजकको कार्यप्रति असहमति जनाउँदै आज ३ बजे आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा सहभागी नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, नगर अध्यक्ष सुरेशप्रसाद हुमागाईंको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले कार्यक्रममा गाेकुल बाँस्काेटालाई अतिथिका रुपमा बाेलाउन माग गरेकाे थियाे । तर उनलाई नबाेलाएपछि एमाले प्रतिनिधिले यस्ताे कदम लिएकाे आराेप लगाइएकाे छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १७:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया