‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका मोहन्यालका नवनिर्वाचित अध्यक्षले लिए शपथ

कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले शपथग्रहण गरेका छन । यसअघि उनलाई भ्रष्टाचारमा मुछिएको भन्दै शपथग्रहणबाट रोकिएको थियो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका उनले सोमबार जिल्ला अदालत कैलालीमा शपथ लिएका हुन् । सोमबार उनले शपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

‘तत्कालीन वडाध्यक्ष हुँदा भ्रष्टाचारको मुद्दा दायर भएको हो,’ पनेरुले भने, ‘अहिले उहाँ पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि आयोगले नै उहाँको शपथ रोक्न लगाएको थियो । तर, कानुनले शपथ खुवाउन मिल्ने अवस्था देखिएपछि उहाँले शपथ लिनुभएको हो ।’

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवनिर्वाचित अध्यक्ष उपाध्यायलाई निलम्बन गर्न सक्ने पनेरुको भनाइ छ ।

उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका उपाध्याय अहिले पालिका अध्यक्षमा चुनिएका हुन् । 

बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार उनी  तीन हजार १३४ मत प्राप्त गर्दै मोहन्यालको अध्यक्षमा निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १९:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया