मूल्यवृद्धिको विरोधमा हेटौँडामा प्रदर्शन

पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेको भन्दै हेटौंडामा विरोध प्रदर्शन भएको छ । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा ९ वडा कमिटीले सोमबार विरोध प्रदर्शन गरेको हो ।

सोमबार साँझ हेटौंडा ९ स्थित गुम्बा चोकमा युवा तथा महिलाहरुको उपस्थितिमा विभिन्न नारासहितको पम्प्लेटसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेललगायतका वस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग गरिएको थियो । 

उनीहरुले परमादेशी सरकार तुरुन्त राजीनामा दे, जनताको ढाड सेक्ने काम बन्द गर, लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्साजारी गर लगायतका नारा लगाएका थिए ।  

हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य नरेन्द्र भण्डारीले आग्रह गरे । 

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटी अध्यक्ष विवेक दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै, मूल्यवृद्धिको विरुद्धमा मंगलबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि राष्ट्रिय रुपमा एकसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २१:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया