नमुना विद्यालय सञ्चालन गर्ने चिंगाडका जनप्रतिनिधिको पहिलो निर्णय

सुर्खेतको चिंगाड गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पालिकामा रहेको एक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने निर्णय गरेका छन् । पालिकामा प्राविधिक शिक्षा अध्ययन–अध्यापनका लागि ‘अध्यक्ष नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने’ निर्णय गरिएको हो । 

गाउँपालिकाका प्रमुख बोधविक्रम जिसी र उपप्रमुख मीनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेसँगै पहिलो निर्णयको रुपमा पालिकामा प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालनका लागि नमुना विद्यालयको विकास गर्ने निर्णय गरेका हुन् ।

नमुना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने र सोहीअनुसार कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २२:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया