टेकुको बिजुली पसलमा आगलागी हुँदा करिब ३ करोडको क्षति

काठमाडौंको टेकुमा आगलागी हुँदा करिब ३ करोडको क्षति भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित टेकुको एक बिजुली पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो टेकुस्थित स्वतन्त्र रिजालको इलेक्ट्रिक पसलमा आगो लागेको थियो । रिजालले सञ्चालन गरेको पसलको तेस्रो तल्लामा बिजुली सर्ट भएर आगलागी हुँदा करिब ३ करोडको क्षति भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सुरक्षाकर्मीले तीनवटा दमकल र दुईवटा पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २२:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया