दोस्रोपटक भरतपुरको मेयर बन्दै रेनु दाहाल, एमालेका सुवेदी १२ हजार मतले पछाडि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल जित नजिक पुगेकी छन् । १ लाख २५ हजार ८४२ मत गणना गर्दा दाहाल १२ हजार १४० मतको अग्रताका साथ जित नजिक पुगेकी हुन् । 

उनले अहिलेसम्म ५१ हजार ११२ मत ल्याउँदा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । 

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् । उपमेयरतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत प्राप्त गरेकी छन् ।  
 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ६:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया