एमालेलाई हराउँदै वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह निर्वाचित

पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जसपाका नेता राजेशमान सिंह निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतले हराउँदै उनी मेयरमा निर्वाचित भएका हुन् । विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरावगीले २३ हजार १ सय ७१ मत मात्र प्राप्त गरे । राप्रपाका उम्मेदवार गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाए । 

उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै उनी उपमेयरमा विजयी भएका हुन् ।  





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ९:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया