काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । योसँगै उनले मेयरमा आफ्नो जित सुनिश्चित गरेका छन् ।
महानगरको एक लाख ५० हजारभन्दा धेरै मत गणना हुँदा बालेनले ५० हजार ९८ मत ल्याएका हुन् ।
उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । तर, यी दुईबीचको भिन्नता नै २० हजारभन्दा बढी मतको छ । सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छिन् ।
तेस्रो स्थानमा रहेका केशव स्थापितको मत २९ हजार ९९७ रहेको छ ।
कूल १ लाख ९१ हजार १७१ मत खसेकामा अब ४० हजार मत मात्र गन्न बाँकी छ । २१ वडाको मत परिणाम आइसकेको छ । १० वडाको गणना भइरहेको छ । यस्तो अवस्थामा बालेनले आफ्नो जित सुनिश्चित गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।