सेन्ट लरेन्सका कोअर्डिनेटरले क्याबिनमा बोलाएर गर्थे छात्रामाथि दुर्व्यवहार

चाबाहिलमा रहेको सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु शिक्षकबाट आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 

प्रहरीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइसकेको छ । 

उनीमाथि विद्यार्थीहरुले विभिन्न बाहनामा पहिले देखि नै यौन दुव्र्यवहार गर्ने आरोप लगाएका छन् । कलेजमा अध्ययनरत एक विद्यार्थीले अधिकारीले गरेको अत्याचार बढ्दै गएपछि आफूहरु आन्दोलनमा उत्रिएको बताएकी छिन् ।

११ कक्षामा अध्ययनरत एक छात्रालाई यौन सम्बन्धका लागि बारम्बार दबाब दिएको भन्दै पीडितका सहपाठीहरुले आन्दोलन गरेका हुन् । त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार अधिकारीले आफ्नो क्याबिनमा बोलाएर विद्यार्थीहरुलाई यौन प्रस्ताव गर्ने गरेका थिए ।






  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ११:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया