सेन्ट लरेन्सका कोअर्डिनेटरले विद्यार्थीलाई प्रस्ताव गरे– विल यु बी माइ बेड पार्टनर ?

चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अधिकारीले ११ कक्षामा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै कलेजका विद्यार्थी आन्दोलित भएका थिए ।

विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरु अहिले पनि प्रदर्शनमा छन् ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीका अनुसार विद्यालयका कोअर्डिनेटरले दुई महिना यता एक विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्दै आएका थिए । उनले ती किशोरीलाई यो कुरा बाहिर बताए रेस्टिकेट गरिदिने भन्ने धम्की दिने गरेको र आफ्नो क्याबिनमा उनलाई बोलाएर जथाभावी छुने गरेको विद्यार्थीहरुको आरोप छ ।

उनले ती विद्यार्थीलाई विवाहपछि लामो समय श्रीमतीसँग बस्नुको अर्थ नहुने भन्दै ती विद्यार्थीलाई आफ्नो बेड पार्टनर बन्नसमेत धम्की दिएका थिए । त्यसका लागि उनलाई आफ्नै घरमा बस्न अफर पनि गरेका थिए । ‘कलेज पनि फ्रि गरिदिन्छु,’ ती शिक्षकले भन्ने गरेको कुरालाई एक विद्यार्थीले भनिन्, ‘अधिकारीले क्याबिनमा बोलाएर विल यु बी माइ बेड पार्टनरसमेत भन्ने गरेका थिए ।’

सामाजिक विषय पढाउने ती शिक्षकले अरु छात्राहरुमाथि पनि दुव्र्यवहार गर्ने गरेको उनले बताइन् ।






  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १२:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया