सेन्ट लरेन्स ‘यौन दुर्व्यवहार’ प्रकरण : के भन्छन विद्यार्थी ? [भिडियो]

काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्समा शिक्षकले ‘यौन दुर्व्यवहार’ गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । सोही क्रममा प्रहरीले कलेजका कोअर्डिनेटर रहेका एमाले नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी रहेका छन् । अधिकारीले ११ कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीले विरोध प्रदर्शन गरेपछि उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।

विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी अहिले पनि प्रदर्शनमा छन् । प्रदर्शनमा सहभागी विद्यार्थीका अनुसार विद्यालयका कोअर्डिनेटरले दुई महिना यता एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएका थिए ।

उनले पीडित किशोरीलाई यो कुरा बाहिर बताए रेस्टिकेट गरिदिने भन्ने धम्की दिने गरेको र आफ्नो क्याबिनमा उनलाई बोलाएर जथाभावी छुने गरेको विद्यार्थीको आरोप छ ।

विद्यार्थीहरूले अधिकारी सामाजिक विषय बढाउने शिक्षक भएर पनि थाहा नभएजस्तो गरेको बताउँछन् । यस्ता घटना पहिलेदेखि धेरै पटक भइरहेको तर कलेज प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ । उनीहरूले दोषीमाथि कारबाही गर्नुपर्ने र फेरि फेरि यस्ता घटना दोहोरिन नदिने व्यवस्था हुनपर्ने माग पनि गरेका छन् ।

भिडियो : 






  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १३:२९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया