७४० स्थानीय तहको मतगणना सकियो, कुन दलले कति पालिका जिते ?

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ । 

मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । 

यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनीसकेका छन् । अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् । 

आयोगका अनुसार अहिले ११ पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४ वटामा कांग्रेस, तीन वटामा एमाले र एक/एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

दुई पालिकाको एउटा÷एउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १३:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया