बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका जलनदर सिंह चार हजार ७३३ मतका साथ विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मतका साथ विजयी भइन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सगुफा खातुनले ४ हजार १६३ मत प्राप्त गरिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीको तर्फबाट रमेशकुमार यादव प्रमुखमा र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।