स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा १ लाख ५४ हजार ८४६ मत गन्दा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
मंगलबार दिउँसो २ बजेसम्मको अपडेट अनुसार साहले ५१ हजार १६३ मत पाएका छन् ।
त्यस्तै, दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंह ३२ हजार ५९ मत आएको छ ।
तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापित ३१ हजार १६६ मत आएको छ । मतगणना जारी छ ।
काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५१ मत खसेको थियो । अब ३६ हजार ३४० मत गन्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।