पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध हेटौंडामा प्रदर्शन (फोटो फिचर)

हप्तैपिच्छे पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि भएको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरिएको छ ।

मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ , मुस्लिम ईत्तेहाद संघ लगाएत जनवर्गीय संगठनहरुले सडकको बीच भागमा मूल्यवृद्धि विरुद्ध फरक शैलीमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धिले सवारीसाधन चलाउन नसकिएकोतर्फ संकेत गर्दै हेटौंडाको सीमाचोकबाट मोटरसाइकल डोर्याएर मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरे । यसैगरी, उनीहरुले सामान्य नागरिकले खाना पकाउने ग्याँस खरिद गर्न नसक्ने गरी मूल्यवृद्धि भएको संकेत गर्दै सडकमै दाउरा बालेर चिया पकाएरसमेत प्रदर्शन गरे ।

विरोध प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर, सडक हामी तताउँछौ मूल्यवृद्धि घटाउँंछौँ, परमादेशी सरकार राजीनामा देलगायतको प्ले कार्ड बोकेर उनीहरुले विरोध जनाएका थिए । सरकारले गरेको मूल्यवृद्धि विरुद्ध देशभर प्रदर्शन भइरहेको छ ।





 

 

 

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २०:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया