रोल्पामा अटो दुर्घटना : चालकको मृत्यु, तीन घाइते

मंगलबार रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन् । 

सदरमुकाम लिवाङबाट यात्रु लिएर माडीचौरतिर जाँदै गरेको अटो सिमलबाङस्थित सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा रा१ह ४३४७ नम्बरको अटोका चालक रोल्पा नगरपालिका–२ थलिबाङ गाउँ निवासी अन्दाजी २९ वर्षका महेश कुँवर छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उक्त अटो सडकबाट करिब ५० मिटर मुनि खसेको थियो। अटो अनियन्त्रित भएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । 

दुर्घटनामा घाइते हुनेमा अटोमा यात्रा गरिरहेका रोल्पा नगरपालिका ७ माडिचौरका ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र सहवीर खत्री छन्। सबैको उपचार रेउघास्थित रोल्पा अस्पतालमा भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २१:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया