झापामा बसको ठक्करबाट म्यादी प्रहरीसहित दुई जनाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए । 

दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका–८ का चिचोहाङ राईको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार प्रकाश प्रहरी कर्मचारी र चिचोहाङ म्यादी प्रहरी हुन् । आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ९:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया