मिलन च्याम्सको निर्देशनमा वर एण्ड वधु चलचित्र निर्माण हुने भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको नाम सार्वजनिक गरिएको हो । फिल्ममा वरिष्ठ कलाकार विजय लामा, वरिष्ठ कलाकार किरण केसी, नायिका आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।
यही फिल्मबाट विवेक कर्माचार्यले चलचित्रमा डेब्यू गर्दैछन् । फिल्ममा विवाहसम्म पुग्दा जीवनमा भोगेका विषयवस्तुलाई उठान गरिने निर्देशक च्याम्सले बताए ।
उनले अबका दिनमा पनि नेपाली फिल्मले उत्कृष्ट कथावस्तु दिन नसके नेपाली सिनेमा क्षेत्र कमजोर रहने बताए । उनले आगामी दिनमा नेपाली फिल्मलाई साथ र सहयोग गर्न पनि दर्शकहरुलाई अनुरोध गरे ।
कार्यक्रममा वरिष्ठ कलाकार विजय लामाले फिल्ममा आफ्नो अभिनय विल्कुलै नयाँ तरिकाको हुने बताए ।
त्यस्तै, वरिष्ठ कलाकार किरण श्रेष्ठले केही निर्देशकहरुको फिल्म खेल्ने आफ्नो चाहना अब पूरा हुने बताए । उनले नेपाली फिल्मलाई माया गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नायिका आँचल शर्माले आजको कार्यक्रम र फिल्मको घोषणासँगै आफू नेपाली नायिका भएको महशुस भएको बताइन् ।
वर एण्ड वधु फिल्मको आधा छायाङ्कन विदेश र आधा काठमाडौंमा हुनेछ । विदेशमा रहने नेपालीको कथालाई पनि फिल्ममा समेटिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।