काठमाडौं महानगर : अब ७४४६ मत गन्न बाँकी, गठबन्धन-एमालेको फराकिलो हार पक्का

काठमाडौं महानगरपालिकाको मत गणना कार्य अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म महानगरपालिकाको तीनवटा वडाको नतिजा मात्र आउन बाँकी छ ।

अब १४, १५ र १६ वडा नम्बरको मात्र मत परिणाम आउन बाँकी रहेको हो । महानगरपालिकामा खसेको १ लाख ९१ हजार मतमध्ये अहिलेसम्म १ लाख ८३ हजार ६७९ मत गणना भएको छ । 

अब ७ हजार ४४६ मत गणना बाँकी छ । यो अवस्थासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ५९ हजार ४४९ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेकी गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ४४२ मत पाएकी छन् । उनी बालेनभन्दा २१ हजार ९०७ मतले पछाडि छिन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरको अन्तिम मत परिणाम आजै सार्वजनिक हुनेछ ।  
 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ९:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया