‘लण्डन टु पेरिस’बाट फिल्ममा डेब्यु गर्दै गरिमा

टिकटकबाट चर्चामा आएकी मोडल गरिमा शर्माले फिल्ममा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । उनले म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छन् । 

फिल्मका अभिनय गर्नका लागि उनले सम्झौता समेत गरिसकेकी छन् । यो फिल्म एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने लागेको हो । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । 

यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि यो फिल्ममा अभिनय गर्नका लागि साइन गरिसकेकी छन् । अभिनेता छनोट हुन बाँकी रहेको बताइएको छ । 

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १७:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया