वीरेन्द्रनगरमा तीन करोडको लगानीमा खुल्यो किचन बार तथा दोहोरी साँझ

वीरेन्द्रनगरमा सुविधा सम्पन्न दोहोरी साँझ सञ्चालनमा ल्याइएको छ । लेजेन्ड ग्रुप अफ कम्पनी प्रालिले करिव तीन करोड रुपैयाँ लगानीमा ‘भिन्टेज किचन बार तथा चौतारी दोहोरी साँझ’ विहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

दोहोरी साँझको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले मनोरञ्जनमुलक व्यवसायले प्रदेश राजधानीको विकासमा टेवा पुग्ने भन्दै उनले व्यवसायीको आम कर्णालीबासीको सहयोगको खाँचो औंल्याएका छन् । 

यसका साथै उनले लगानीकर्ताको लगानीको सुरक्षा नभएसम्म पाहुनाले राम्रो सुविधा नपाउने र व्यवसायी जोखिममा पर्नेसमेत खतरा रहेको जनाए ।

कम्पनीमा सुर्खेतका युवा व्यवसायी उपेन्द्र खड्का, डम्बर गौतम, विशाल ढकाल र मानव बमको साझेदारी छ । यो समूहले यसअघि फेसियल हाउस, हर्बल स्पा समेत सञ्चालनमा ल्याइसकेको छ । 

तीन करोड लगानीमा एउटै घरमा फेसियल हाउसदेखि रेष्टुरेन्ट, बार, दोहोरी साँझ व्यवसाय सुरु गरेको लगानीकर्ताले जनाएका छन् । 

फेसियल हाउसको तेस्रो तलामा दोहोरी साँझ, चौथो तलामा रेष्टुरेन्ट, र पाँचौ तलामा बार सञ्चालित छ । लिफ्ट सुविधा, पार्किङ क्षेत्रदेखि बारसम्म अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ ।



दोहोरी साँझको उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर–६ का नवनिर्वाचित वडाध्यक्ष जनकबहादुर रावलले दोहोरी साँझले कर्णालीको कला संस्कृतिको प्रवर्द्धनमा मद्दत पुग्ने विचार व्यक्त गरे । 

कार्यक्रममा लगानीकर्ताको तर्फबाट बोल्दै उपेन्द्र खड्काले रेष्टुरेन्ट र दोहोरी साँझ आउने ग्राहकको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएकाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।



  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १९:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया