विराटनगरको मेयर उम्मेदवार बनेका १० जनाको जमानत जफत

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका १३ मध्ये १० जनाको जमानत जफत भएको छ । 

कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा र स्वतन्त्र उम्मेदवार उमेश यादवबाहेक मेयर पदका अन्य सबैको जमानत जफल भएको हो । कांग्रेसका कोइराला मेयरमा निर्वाचित भएका छन् । एमालेका सागर थापा दोस्रो र जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका यादव तेस्रो भए ।

विराटनगरका मेयरका लागि १३ जना चुनावी मैदानमा थिए । तर, १० जनाले जमानतनै जोगाउन सकेनन् । राप्रपाका प्रल्हाद साह, जनमत पार्टीका अरुणकुमार मण्डल, लोसपाका मृत्युन्जयकुमार मिश्र, विवेकशील साझाका अमलेशकुमार कर्ण, नेकपा (माले) की देवी पौडेल, नेकपा (एस) का सोनेलाल राजवंशी, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका प्रदीपकुमार कामत, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका नागेश्वरसिंह राजपुत, नेपाली कांग्रेस वीपीका राचन्द्र गौतम र स्वतन्त्र उम्मेदवार सक्रिय गौतमले जमानत जोगाउन नसकेका हुन् । 

विराटनगरमा १ लाख ३३ लाख १ सय ४२ मतदाता मध्ये ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका थिए । मेयरमा २१ हजार ३ सय ५८ मत बदर भएको छ । 

कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको जमानत हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १२:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया