बाजुरा : बूढीगंगाको मतदान रद्द गर्ने आयोगको निर्णयविरुद्ध एमाले आन्दोलित

निर्वाचन आयोगले बूढीगंगा नगरपालिकाको जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै नेकपा एमाले आन्दोलित भएको छ ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना नगरी पुनः निर्वाचन  गराउने निणर्यप्रति नेकपा एमाले आन्दोलन गरेको नेकपा एमाले बूढीगंगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताए  ।

स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि विरोध सुरु भएको हो ।

निर्वाचन आयोगले बिहीबार बूढीगंगा नगरपालिकाका भरीको निर्वाचनलाई रद्द गरेर पुनः निर्वाचन गराउन विज्ञप्ति निकालेको थियो । निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ ।

कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुनः मतदान गर्ने निर्णय गलत रहेको बताए । यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ ।

यहाँ ९९ प्रतिशत मतदान भएको थियो । यसबाट पनि बुथ कब्जा गरेको तथ्य पुष्टि हुने एमालेको जिकिर छ ।



कांग्रेसले भने २, ३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ । तर, १, ६, ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन् ।



  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १५:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया