लागुऔषध मामिलामा शाहरुखका छोरा आर्यन खानलाई ‘क्लिन चिट’

लागुऔषध मामिलामा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले ‘क्लिन चिट’ पाएका छन् ।

प्रहरीको चार्जसिटमा आयर्नको नाम छैन । लागुऔषध मामिलामा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले ६ हजार पृष्ठको चार्जसिट अदालतमा प्रस्तुत गरेको छ । जहाँ १४ जना आरोपीको नाम उल्लेख छ ।

प्रहरी अधिकृत सञ्जयकुमार सिंहले एनसीबीलाई आर्यन खानसहित अन्य पाँचविरुद्ध कुनै प्रमाण नभेटिएको बताए । ‘आर्यन र मोहकबाहेक सबै आरोपीले नशालु पदार्थ सेवन गरेका थिए । १४ व्यक्तिविरुद्ध एनडीपीएस एक्टको विभिन्न धाराअनुसार उजुरी दर्ता गरिँदैछ । बाँकी पाँचजनाविरुद्ध प्रमाणको अभाव भएकाले उजुरी दर्ता गरिने छैन’, उनले भनेका छन् ।

गत वर्षको ३ अक्टोबरमा मुम्बई क्रुजमा भइरहेको लागुऔषध पार्टीमा सहभागी भएको भन्दै एनसीबीले छापा मारेपछि आर्यनसहित आठजना पक्राउ परेका थिए । उनलाई करिब १८ दिनसम्म जेलमा राखेपछि बम्बई उच्च अदालतबाट जमानत पाएका थिए ।
 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १६:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया