चुनावका दिन घाइते भएका छत्रबहादुरको मृत्यु, हुम्लाको खार्पुनाथका ९ युवा पक्राउ
फाइल तस्वीर

स्थानीय निर्वाचनका दिन भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । गत वैशाख ३१ गते स्थानीय निर्वाचनका दिन हुम्लाको खार्पुनाथ गाउँपालिका–५ याङ्चु बजारमा एमाले, नेपाली कांग्रेस र नेकपा विप्लव समूहबीच झडप भएको थियो ।

झडपका क्रममा खार्पुनाथ गाउँपालिका–५ दुर्पा निवासी ३५ वर्षीय छत्रबहादुर शाही घाइते भएका थिए । घाइते शाहीको उपचारका लागि नेपालगञ्ज पुर्‍याइएको थियो । उपचारका क्रममा ४ जेठमा शाहीको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी गरेको थियो ।

झडपमा संलग्न आरोपमा प्रहरीले नौ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खार्पुनाथ गाउँपालिका–५ निवासी २४ वर्षीय रड्के शाही, २२ वर्षीय बबर शाही, २६ वर्षीय मोहनजंग शाही, २४ वर्षीय कालीबहादुर शाही, २८ वर्षीय जयन्द्र शाही, २७ वर्षीय जयराज शाही, २४ वर्षीय अबिसर शाही, २२ वर्षीय जयन्द्र शाही र ३० वर्षीय बलबहादुर शाही रहेका छन् । पक्राउ परेका युवा सबै खार्पुनाथ गाउँपालिकाका–५ निवासी हुन् ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १९:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया