जातीय विभेदविरुद्ध बनेका फिल्ममा वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट

जातीय विभेदविरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगितामा वाशिष्ठको ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । 

शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको हो । 

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युएनडीपीसँग मिलेर लघु फिल्म प्रतियोगिता गरेको थियो । कार्यक्रममा सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो स्थानमा रहँदा राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ ले तेस्रो स्थान पाएको छ । 

शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए । 

कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतम, वरिष्ठ निर्माता/निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए । 

यसरी छानिएका २० फिल्ममध्ये निर्णायकको ५० प्रतिशत र दर्शक रुचिका फिल्मलाई ५० प्रतिशत गरी विजेता ४ फिल्मको छनोट गरिएको जुरी संयोजक नीर शाहले जानकारी गराएका थिए । प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १९:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया