कृषिमन्त्री दाबी : एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) ले आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए । 

मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको बताउँदै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौति भएको बताए । उनले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताए । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पारे । उनले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताए ।

मन्त्री यादवले नेपालको कृषि उत्पादन व्यावसायीकरण नभएको बताए । उनले कृषिका उत्पादन सामग्री बिक्रीका लागि किसानले बजार नपाउने समस्या रहेको बताए । मन्त्री यादवले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन नहुनुले पनि कृषिमा थप समस्या सिर्जना भइरहेको बताए ।

मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरूमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स–साना गोदामहरू बनाउनका लागि बजेट छुट्याउने बताए ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १५:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया