के युद्धमा अमेरिकालाई सहयोग गर्छ गुगल?

एजेन्सी– के अमेरिकी कम्पनी गूगल अमेरिकी सेनालाई सहयोग गर्दै छ ? वास्तवमा गूगल अ‍ेमेरिकी रक्षा मन्त्रालयसँग एक यस्तो प्रोजेक्टमा काम गरिरहेको छ, जो अमेरिकी सेनालाई सटिक ड्रोन हमला गर्नमा सहयोग गर्दैछ ।

‘कहिल्यै नराम्रो नमान्नु’ भनेर सिकाउने कम्पनीका लागि यो दुविधाको स्थिति हुनसक्छ । यसैकारण करीब ३ हजार १ सय गूगल कर्मचारीले गूगल सिईओ सुन्दर पिचाईलाई केहीअघि पठाएको एक खुला पत्रमा हस्ताक्षर गरेर उनीसँग मेवेन प्रोजेक्टबाट कम्पनीलाई अलग बनाउनुपर्ने माग राखेका छन् ।

युद्धसँग जोडिने मसलासँग अलग रहौं

चिट्ठीमा कर्मचारीले लेखेका छन् कि, हामी मान्छौं गूगलले युद्धसँग जोडिएको मसलामा भाग लिनु हुँदैन । यसकारण हामी माग गर्छौं कि मेवेन प्रोजेक्ट रद्द गरियोस् । साथै लिखितमा एक नीति बनाएर त्यसलाई सार्वजनिक पनि गरियोस् । अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार उक्त चिट्ठीलाई समर्थन गर्नेहरूमध्यमा दर्जनौं चिफ इन्जिनियर पनि सहभागी छन् ।

गूगलका कर्मचारीले यसअघि पनि कम्पनीको शिर्ष व्यवस्थापनसँग निराशा जताइसकेका छन् । गूगलमा विश्वभरका लगभग ८८ हजार कर्मचारी कार्यरत छन् । यस्तै चिट्ठीमा कम्पनीले आफ्नो नैतिक जिम्मेवारी बिर्सेर उपभोक्तामाथि विश्वासघात गर्दा गूगलको प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरा उल्लेख छ । मेवेन प्रोजेक्ट गूगलको मूल मर्मभन्दा विपरीत रहेको र यसले अमेरिकी सैन्य निगरानीलाई सहयोग गर्ने कुरा पनि उक्त चिट्ठीमा खुलाइएको छ । यसकै कारण घातक नतिजा भयो भने स्वीकार्य नहुने कुरा उक्त पत्रमा लेखिएको छ ।

कत्तिको खतरा ?



मार्चमा गिज्मोडो वेभसाइमा छापिएको एक अनुसन्धानात्मक रिपोर्टमाथि जवाफ दिँदै गूगले रक्षा मन्त्रालयलाई आफ्ना केही प्रविधि एक सैन्य प्रोजेक्टमा प्रयोगका लागि अनुमति दिएको छ । गिज्मोडोका अनुसार मेवेन प्रोजेक्ट गतवर्ष एक पाइलट कार्यक्रमको रुपमा लन्च गरिएको थियो, जसको उद्देश्य भनेको आर्टिफिशियल इन्टेलिजेन्ससँग जोडिएका नयाँ प्रविधिले सैन्य प्रयोग बढाउने योजना खोज्नु थियो । यस कार्यक्रमको लक्ष्यमा गूगल ती भिडियो रेकर्डिङको प्रोसेस पनि गर्नेछ जो अमेरिकी सेनाको ड्रोन र खोज उपकरण दैनिक रुपमा जुटाउँछ ।

साथै ती उपकरणलाई रक्षा विभागसँग मिलेर सार्वजनिक गर्नेछ । गूगलका प्रवक्ताले बिबिसीसँग भनेका छन्– मेवेन रक्षा विभागका लागि गरिन लागेको एक प्रोजेक्ट हो । र, यो सबैलाई थाहा पनि छ । गूगल जुन भागमा काम गर्दैछ त्यो अप्रिय पनि छैन । आफ्ना कर्मचारीको चिन्तामाथि गूगलका क्लाउड बिजनेस मेनेजर डयान ग्रिनले आफूले काम गरिरहेको प्रविधिमाथि हतियार अथवा ड्रोन एक्टिभेटका लागि प्रयोग गर्न नसकिने बताएका छन् ।



चिट्ठीमा हस्ताक्षर गर्नेहरूलाई चेतावनी दिँदै डयानले, प्रविधि सेनाकै लागि बनाइरहेको बताएका छन् ।

  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार १८:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया