प्रतिमाको मुटुको कप्टेरो बजारमा (भिडियाे)

गायिका प्रतिमा केसीले नयाँ गीत ‘मुटुको कप्टेरो’ बजारमा ल्याएकी छिन्। आहा टिभी युट्युब च्यालनमार्फत सार्वजनिक भएको गीतमा प्रतिमालाई वीरेन्द्र चन्द ‘बेहोसी’ले साथ दिएका छन्।

मुटुको कप्टेरो विष्णु भट्टले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ। ओम सुनारले एरेन्ज गरेको गीतमा विशाल निरौलाले मिक्सिङ र मास्टरिङ गरेका छन्।

ऋषि बरालले निर्देशन गरेको गीत भिडियोमा जिबी चिरण, कृतिका केसी र रुवि श्रेष्ठले अभिनय गरेका छन्। दीपक गिरीले खिचेको भिडियो आयुष्मान सापकोटाले सम्पादन गरेका हुन्।

गायिका केसीले यसअघि भन्देउ हजुर, माया लाइसक्यो, फसल पाक्यो है, संसारको चाललगायत गीत ल्याइसकेकी छिन् भने ‘रिमझिम, राधाप्यारी, लजाएर लुकी लुकी’ गीत उनी बजारमा ल्याउने तयारीमा छिन्।






  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १८:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया