त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेसको प्रस्ट अग्रता, उपप्रमुखमा चर्को प्रतिस्पर्धा

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले भारी मतले अग्रता कायम गरेको छ । कांग्रेसले २ हजारभन्दा धेरै मतले अग्रता लिएको हो । 

प्रमुख पदमा कांग्रेसको वसन्त बस्नेतको १० हजार ३१२, एमालेको भागवत राउतको ८ हजार २४२ र नेकपा एकीकृत समाजवादीका वलदेव चौधरीको ७ हजार १८८ मत छ ।

वडा नं ६, ७, ८ र ९ को मतगणना जारी छ भने वडा नं १०, ११ र १२ गन्न बाँकी छ । अन्य वडाहरु गणना भइसकेका छन् । १६ वडा रहेको त्रियुगामा ४० हजार १७९ मत खसेको थियो ।

उपप्रमुखमा भने रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । कांग्रेस र एमलेका उम्मेदवारबीचको मत अन्तर ३२ मात्र छ । कांग्रेसकी उपप्रमुख सरिता राईको ९ हजार ९९ मत छ । एमालेकी उपप्रमुख उममेदवार महेश्वरी राईको ९ हजार ६७ मत रहेको छ ।

हाल तेस्रो स्थानमा रहेकी नेकपा (माओवादी केन्द्र)की गीता खड्का कार्कीको ५ हजार ४९५ मत रहेको छ । अब गन्न बाँकी मत १० हजार ६०४ छ ।

उपप्रमुखमा सुरुमा तेस्रो स्थानमा रहेको एमालेले गठबन्धनलाई उछिन्दै दोस्रो स्थानमा आएको छ । 





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार २१:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया