गणतन्त्र दिवसको शुभकामना दिँदै प्रचण्डले भने– वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् । 

१५ औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक उत्तम विकल्प भएको बताएका हुन् । 

प्रचण्डले नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरू बीचका संघर्ष, सहकार्य र रूपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएको पनि उल्लेख गरेका छन् ।

‘देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो । नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरू बीचका संघर्ष, सहकार्य र रूपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएका हुन्,’ प्रचण्डले सन्देशमा भनेका छन् । 

प्रचण्डले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भएर अघि बढ्न पनि आह्वान गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ७:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया