सुदूरपश्चिममा यसरी मनाइयो १५ औँ गणतन्त्र दिवस [तस्बिरहरू]

सुदूरपश्चिम प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । आइतबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रभातफेरी सुरु गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा पुगेर एक कार्यक्रमका बीच गणतन्त्र दिवस मनाइएको हो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसारमा उत्कृष्ट मानिएको गणतन्त्र दिवस संस्थागत गर्नुपर्ने बताए ।

‘जनताबाट निर्वाचित व्यक्तिले शासन चलाउने प्रक्रियाले संस्थागत गर्न सकेनौ भने नागरिकहरुको चाहना कुनै पनि परिवर्तनले गर्न सक्दैन’, उनले भने, ‘पाँच वर्षमा जनताका सबै चाहना पूरा गर्न नसके पनि केही सुधार गर्न सफल भएका छौँ ।’ दिवसका अवसरमा यहाँको संस्कृति झल्किने विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।

सुदूरपश्चिम सरकारको १५ औँ गणतन्त्र दिवस, हेर्नुस् तस्बिर :





 

  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १३:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया