नागरिकताविहीन नागरिक संघर्ष समितिले माइतीघरमा शान्तिपूर्ण आन्दोलन गरेको छ । समितिले संविधान २०७२ भाग २ धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन हुनुपर्ने माग राख्दै माइतीघरमा आन्दोलन गरेको हो । आन्दोलमा दर्जनौं युवाहरूको सहभागिता रहेको थियो । उनीहरूले संविधानअनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै नाराबाजीसमेत गरेका थिए । साथै, उनीहरूले विगतमा नागरिकता नभएर गुमाएको सेवासुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत माग गरेका छन् ।
हेरौं तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।