हराएको ताराको विमान खोज्न सेनाको हेलिकोप्टर पुग्यो लार्जुङ
फाइल तस्वीर

पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्‍न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भइसकेको बताइएको छ।

यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने तयारी छ । चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएकाे छ । तर, पुष्टी भएको छैन । स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १४:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया