गण्डकी प्रदेशमा नमस्ते अभियान

पाेखरा– सन् २०१९ लाई प्रदेश आन्तरिक भ्रमण वर्षका रुपमा मनाउन लागेको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र नमस्ते अभियान थाल्ने भएको छ । 

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा प्रदेश सरकारले सन् २०२२ मा प्रदेशभित्रै २० लाख पर्यटक पुर्याउने योजना अघि सारेको छ ।

प्रदेश आन्तरिक भ्रमण वर्ष–२०१९ का सम्बन्धमा नेपाल पर्यटन बोर्ड पोखराको संयोजनमा आयोजित अन्तरक्रियामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सडक यातायातमार्फत प्रवेश गर्ने मुख्य नाका मुग्लिन र राम्दीमा ‘नमस्ते सूचना अन्तर्राष्ट्रिय कक्ष’ स्थापना गरि सो अभियान प्रदेशका २४ लाख जनताको साझा अभियान बन्ने जानकारी दिए ।

आन्तरिक पर्यटनको विकासका लागि आगामी फागुनमा पोखराबाट सिमरा, चैतमा नेपालगञ्जमा प्रत्यक्ष हवाई सम्पर्कको विस्तार गरिने योजना अघि सारिएको  लम्सालले बताए ।





  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २१:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया