निजगढमा विमानस्थलबारे सर्वाेच्चको आदेशविरुद्ध प्रदर्शन [तस्वीरहरू]

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ । 

सर्वाेच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि त्यसको विरोध भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूले समेत असन्तुष्टि जनाउँदै पुनरावलोकन गर्नुपर्ने बताएका छन् । यस्तै सर्वसाधारणले काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन गरिरहेका छन् । 

गत बिहीबार सर्वाेच्च अदालतले वातावरणीय कारण देखाएर  निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १६:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया