आगामी वर्ष आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने

आगामी वर्ष कृषिमा आत्मनिर्भरताका लागि अभियानको वर्ष हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत घोषणा गरे, 'आगामी आर्थिक वर्ष आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने छ । यस अभियान अन्तर्गत आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने छ । '

सरकारले ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्ने भएको छ । किसानहरुलाई कृषि सहकारी समूह र सहकारीमा संगठित गरी उपलब्ध खेतीयोग्य जमिनका साथै बाँझो जमिनको उपयोग गरि कृषि उत्पादन बढाइने भएको छ ।

कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्र व्यवसायीकरण, यान्त्रीकीकरण र आधुनिकीकरण गरिने छ । प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्न प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसहितको उच्चस्तरीय संयन्त्र परिचलान गरिने उनले बताए ।

सरकारले कृषकलाई सहज रूपमा बिउ मल प्रविधि र सिँचाइ सुविधा उपलब्ध गराउने उनले घोषणा गरे । लघुवित्‍तमार्फत सहुलियतपूर्ण कर्जा प्रभाव गरिने पनि उनले बताए । सरकारले कृषि बीमालाई प्रभावकारी बनाउने भएको छ ।

'कृषि उत्पादन संकलन बनाउने र ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने बिक्रीवितरणका लागि बजारको व्यवस्था गर्ने तथा स्थानीय तहले तोकेका विशिष्ठीकृत कृषि तथा पशु उपजको न्युनतम समर्थन मूल्य तोकी खरिद गर्ने प्रत्याभूति गर्ने' उनले भने ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १६:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया