आगलागीमा परी बागलुङमा तीन बालबालिकाको मृत्यु

बागलुङ– गोठमा लागेको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाले ज्यान गुमाएका छन् ।

स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको मृत्यु भएकाे हाे । 

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैंले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा याे दुःखद् घटना निम्तिएको हो । आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । 





  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २२:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया