स्वास्थ्य वीमालाई ७ अर्ब

सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको बताए ।

सरकारले आव २०७२/०७३ मा ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । आव २०७३/ ०७४ मा सरकारले १० करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो ।

आव २०७४/०७५ मा आइपुग्दा सो रकम बढाएर सरकारले २ अर्ब ५० करोड रूपैयाँ पुर्याएको थियो । आव २०७५/०७६ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रूपैयाँ ।

आव २०७६/०७७ मा ३ अर्ब ३७ करोड ३० लाख ७५ हजार रूपैयाँ, आव २०७७/०७८ मा ५ अर्ब १९ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन भएको तथ्यांक छ । यस्तै, चालु आव २०७८/०७९ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया