सरकारले व्यक्तिगत आयकर सीमालाई परिवर्तन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटले ६ लाखसम्म वार्षिक आय भएका दम्पतीले अब एक प्रतिशत मात्रै आयकर तिरे पुग्ने व्यवस्था गरिएको बताएका हुन् ।
एकल व्यक्तिका हकमा भने पाँच लाखसम्मको वार्षिक आयमा अब एक प्रतिशत मात्रै कर तिर्नुपर्ने छ । यसअघि यो सीमा एकल व्यक्तिमा चार लाख र दम्पतीका लागि चार लाख ५० हजार थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।