नागरिकतासँगसँगै पान नम्बर लिनु पर्ने

सरकारले व्यक्तिगत स्थायी लेखा नम्बरलाई अनिवार्य बनाएको छ । अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर (पान) प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने व्यवस्था आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख छ । ​

नाबालिकहरुको हकमा जन्मदर्ताका आधारमा पनि पान लिन पाउनेछन् । त्यस्तै, विदेशी कामदार र सवारी साधन किन्नेहरुका लागि पनि पान अनिवार्य गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरुले स्थायी लेखा नम्बर लिई विद्युतीय माध्यमबाट अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था कार्यान्वनयमा ल्याइएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १९:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया