सरकारले जनकपुर चुरोट र गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने

सरकारले बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउने भएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेको जचुकालीसहित विराटनगर जुटमिल, वीरगञ्जको चिनीमिल, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने बताए।

उनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूको संस्थागत सुशासनलाई सुदृढीकरण गरी वित्तीय क्षमता सबलीकरण गर्न कम्पनी मोडल अवलम्बन गरिने बताए ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १९:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया