निर्वाचन प्रभावित पार्न बजेटमा भएभरका लोकप्रिय कार्यक्रम राखियो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले बजेटमा निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रम ल्याइएको आरोप लगाएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे प्रतिक्रिया दिँदै रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको आरोप लगाएका हुन् ।

बजेटमा भएभरका लोकप्रिय कुराहरु कुरा राख्ने प्रयास गरिएको भन्दै उनले जतिसुकै प्रयास गरिएपनि झण्डै ५ खर्ब न्यून अवस्थामा रहेको बताए । 

देशमा वैदेशिक मुद्रा ह्रास भइरहेको अवस्थामा यो बजेटले देशमा उपभोग गर्न आवश्यक नभएका कतिपय वस्तुहरुको आयात नरोकेको भन्दै असन्तुष्टि जनाए । 

सरकारले ल्याएका कतिपय कार्यक्रम आफैँले समेत पूरा गर्न नसक्ने रावलको टिप्पणी छ । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया