२३ वर्षपछि शीर्ष डिभिजनमा फर्कियो नटिङ्घम फरेस्ट

नटिङ्घम फरेस्ट इंग्ल्याण्डको शीर्ष डिभिजन फुटबल इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । वेम्बलीमा गएराति सम्पन्न च्याम्पियनसिपको प्लेअफमा हडर्सफिल्डलाई १–० ले हराउँदै नटिङ्घमले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको हो ।

खेलको ४३ औं मिनेटमा हडर्सफिल्डका लेभी कोल्विलको आत्मघाती गोल नै नटिङ्घमलाई जित दिलाउन पर्याप्त बन्यो । जेम्स गर्नरबाट आएको क्रसलाई रोक्न खोज्दा कोल्विलले आफ्नै पोस्टमा गोल गरेका थिए ।

नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । उसले पछिल्लोपटक १९९८/९९ को सिजनमा शीर्ष डिभिजन फुटबल खेलेको थियो ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १०:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया