तस्बिरमा हेरौं, काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिको सपथग्रहण

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मेयर/उपमेयरसहित वडाध्यक्षहरूले राष्ट्रिय सभागृहमा सपथ ग्रहण गरेका हुन् । 

मेयर बालेन्द्र साह (बालेन) लाई मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले पद तथा गोपनीयताको सपथ ग्रहण गराए । नेपाली र नेपाल दुवै भाषामा सपथ लिएका हुन् । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पनि पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।

उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराए । डंगोलले नेपाल भाषामै सपथ लिइन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् । मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । 

तस्बिरमा हेरौं, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको सपथग्रहण :





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १२:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया