हनिमुन टाइम सिद्धियो, तर प्रदेश सरकारको अनुभूति नै भएन : पूर्वमुख्यमन्त्री आचार्य

प्रदेश–१ का पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश सरकार भएको जनताले अनुभूति गर्न नसकेको बताएका छन् । सोमबारदेखि सुरु भएको प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै आचार्यले सरकारले गठन भएको सात महिना बढी समय भएपनि जनतालाई अनुभूति हुने खालका काम गर्न नसकेको बताएका हुन् । 

 ‘पछिल्लो सरकार आएको सात महिना पुग्यो । हनिमुन टाइम पनि सिद्धियो, बर्थिङ टाइम पनि सिद्धियो,’ उनले भने, ‘तपाईंहरू नमिठो नमान्नु होला मैले यहाँ बसेर भन्नुपर्छ । प्रदेश सरकार छ भन्ने कतै पनि थाहै छैन । कसैलाई आभास नै छैन । कि प्रदेश सरकारको नामबाट केही काम भएको हुनु पर्‍यो । कि सरकारले राहतलगायतका कामहरू गरेको हुनु पर्‍यो, त्यस्तो केही हुन सकेन ।’ 

उनले जनताले अनुभूति हुने खालका काम नगर्दा प्रदेश सरकारप्रति नै वितृष्ण पैदा हुन थालेको पनि बताए । उनले अधिकार प्राप्त प्रदेश सरकार भएपनि भूमिकाविहीन जस्तै देखिएकाले जनस्तरबाट स्थानीय र संघीय सरकार मात्र हुनुपर्ने आवाज उठ्न थालेको बताए । 

आचार्यले प्रदेश सरकारले जनतालाई अनुभूति दिलाउन नसकेका कारण दुई तहको मात्र सरकारको कुरा उठ्न थालेको दाबी गरे । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १३:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया